
अग्रेजी क्यालेन्डर अनुसारको नया बर्ष भएपनि नेपालमा पनि नया वर्ष मनाउने सन्दर्भमा विविध कार्यक्रमहरु भईरहेका छन् । तर यस वर्षको नया वर्ष आतंकवादको चुनौती र धम्कीको कारण विश्वका चर्चित सहरहरुमा विशेष सर्तकता अपनाईएको छ । ढुक्क भएर शान्तिसंग नया वर्ष मनाउने अवस्था कहि पनि नभएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । विश्वको आर्थिक केन्द्र मानिने अमेरिकाको न्युयोर्क सहरमा नया वर्षको अवसरमा सहर दुलही झै सजाईएको छ । मानिसहरु खानपान, रमाईलो, गीत संगित, भेटघाटमा व्यवस्त देखिन्छन् । तर अमेरिकी सरकारले चाँिह न्युयोर्क लगाएत मुलुकका प्रखुक सहरमा आतंकवादी आक्रमणको खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति वाराक ओवामाले नया वर्षको उपलक्ष्यमा शुभकामना ँिददै विश्वका प्रमुख चुनौतीहरु सामना गर्न मिलेर कार्य गर्न आग्रह गरेका छन् ।
नया वर्षको उपलक्ष्यमा विश्वको पहिलो लोकतान्त्रिक मुलुक वेलायतमा समेत विशेष कार्यक्रमहरु भईरहेका छन् । लण्डन सहर दुलई झै सजिएको छ । मानिसहरु सडक, रेष्टुरेन्ट, पार्क लगाएतका स्थानमा रमाईरहेको देख्न सकिन्छ । यस्तै गरी युरोपको ठूलो अर्थतन्त्र जर्मनीमा समेत विशेष सतर्कता सहित नया वर्ष मनाईदै छ । जर्मनी चान्सलर एन्जेला मर्केलले एक सन्देश व्यक्त गर्दै होसीयारी पूर्वक रमाईलो गर्न आग्रह गरेकी छिन् ।
आतंकवादी हमलाको शिकार भएको फ्रान्समा पनि नया वर्षको उपलक्ष्यमा कम्ती रमाईलो छैन् । मुलुकभर नै सुरक्षा बन्दोवस्त कडा पारिएको छ । पेरिस आक्रमणको त्रास, पीँडा र घाऊ अझै वाँिक रहे पनि फ्रेन्चहरु न्या वर्षको उपलक्ष्यमा कम्ति रमाईलो गरिरहेका छन् । त्यसै पनि मनोरञ्जनको लागि धेरै नै खर्चालु भनेर चिनिने फेन्चहरु विभिन्न कार्यक्रमहरु सहित झमिरहेका छन् । नया वर्षको उपलक्ष्यमा ल्याटिन तथा दक्षिण अमेरिकी देशहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चीली लगाएतका देशहरुपनि विशेष कार्यक्रमहरु भईरहेका छन् ।
एक्काईसौ सताव्दीको समृद्धिको आधार मानिएको एसियाका विभिन्न मुलुकहरुमा पनि नया वर्षको उमङ्ग तीव्र पाईएको छ । एसियाका बलिया अर्थतन्त्रहरु चीन, जापान, भारत, दक्षिण कोरियामा मानिसहरु नया वर्षको खुशियालीमा उमङ्गीत बनेका छन् ।
हङकङ, मकाउ, दुवई, बैंकक, क्वालालम्पुुर झकिझकाउ भएका छन् । मुख्य गरी पर्यटकीय केन्द्रहरुमा व्यापक चहलपहल देखिएको छ ।
नया वर्षको उत्सव चलिरहेको वेलामा दुवईको एक ६० तले भवनमा आगलागी हुँदा केही घाईते हुन पुगेका छ्न । तीव्र आर्थिक विकास भएको संयुक्त अरव इमिरेट्सको सहर दुवईमा विश्वभरका मानिसहरु पुग्ने गर्दछन् ।
नया वर्षको उपलक्ष्यमा अमेरिका तथा युरोपियन मुलुकहरुमा जस्तै एसियन मुलुकहरुमा पनि विशेक्ष सुरक्षा सर्तकता अपनाईएको छ । एसियाको मध्य क्षेत्र भयानक द्धन्द्धमा फसिरहेको र आतंकवादी समूहको चलखेल बढ्दा भएको कारण ती क्षेत्रमा नया वर्षले त्यति धेरै रौनकता भने भर्न सकेको छैन् ।
नया वर्षको उपलक्ष्यमा अफ्रिका महादेशका दक्षिण अफ्रिका, नाईजेरिया, कङ्गो लगाएतका देशहरुका मुख्य सहरहरुमा विशेष कार्यक्रमहरु भईरहेका छन् ।
विश्वका धेरै देशहरुमा आफ्नै मौलिक क्यालेन्डरको प्रयोग हुने गर्दछ । नेपालको पनि आफ्नै वेग्लै क्यालेन्डर छ । तर सूचना प्रविधीले विश्वको भौतिक दूरी साघुँरिएको कारण अग्रेजी क्यालेन्डर लागू नभएका देशहरुमा पनि यसको रौनकता बढ्दो छ । नेपालमा पनि अग्रेजी क्यालेन्डर अनुसारको नया वर्षको उपलक्ष्यमा विशेष कार्यक्रमहरु भईरहेका छन् । सार्वजनिक विदाको दिन नभएपनि मुख्य गरी युवापुस्ता रेष्टुरेन्ट, पार्क लगाएतका स्थानमा मस्तसंग नया वर्ष मनाईरहेको छ ।