शरीरबाट मौलिकताको पहिचान नै हराएपछि नेपाली पोशाक दिवसले थप्यो उत्साह [फोटो -भिडियो]



प्रकाशित मिति : Jan 01, 2016

विश्वभर धुमधामका साथ अंग्रेजी नयाँ वर्ष मनाइरहदा नेपाली युवाहरुले भने आफ्नो मौलिक भेषभुषाको सम्मानार्थ प्रस्तावित रुपमा नेपाली पोशाक दिवस मनाएका छन् । काठमाडौंमा गरिएको प्रस्तावित तेस्रो नेपाली पोशाक दिवसका अवसरमा नेपाली पोशाकमै सजिएका सयौं नेपाली युवाहरुको सहभागिता थियो । शुक्रबार श्रद्धावान नेपाल नामक एक सामाजिक संस्थाको आयोजनामा नेपाली पोशाकको संरक्षण र सम्वद्र्धनका लागि यो दिवस मनाइएको हो । संस्थाले यो दिनलाई राष्ट्रिय रुपमा नै नेपाली पोशाक दिवसका रुपमा मनाउँन प्रस्ताव गर्दै आएको छ ।

vlcsnap-2016-01-01-19h33m15s45

दिवसका अवसरमा नेपाली पोसाकमा सजिएका नेपाली युवाहरुले काठमाडौंको भृकुटिमण्डपमा भेला भएर ¥याली गर्दै नगर परिक्रमा गरेका थिए । ¥यालीमा आफ्नै मौलिक पहिचान झल्कने पहिरनमा सजिएका युवाहरुले विभिन्न मौलिक साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । नगर परिक्रमपछि भृकुटीमण्डपमै आयोजित सभामा सहभागीहरुले नेपाली पोशाकको महत्व र पोशाक दिवसको सान्दर्भिकबारे यसरी वर्णन गरेका थिए ।
vlcsnap-2016-01-01-19h33m32s212
नरहे नेपाल, रहदैंन नेपाली भन्ने मूल नाराकासाथ प्रस्तावित रुपमा नेपाली पोशाक दिवस मनाइएको हो । आधुनिकताका नाममा पाश्चात्य पहिरन र सँस्कृतिले बर्चश्व जमाउँदै गरेको अवस्थामा नेपाली पोसाक र पहिचानका लागि नेपाली युवाहरुले यो दिवस मनाएको वताएका छन् । तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा नेपालको राष्ट्रिय पोसाक दौरा, सुरुवाल, ढाका टोपी र गुन्यू, चोलीलाई राष्ट्रिय पोसाकबाट खारेज गरेपछि अहिले मुलुक राष्ट्रिय पोसाकविहीन बनेको छ । त्यस्तै, ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ तेस्रो अन्तराष्ट्रिय ढाकाटोपी दिवस पनि मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com