
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक भएको बताउनु भएको छ । अब नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र अन्य दलसहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको उहाँको निष्कर्ष छ । मुलुकको समस्या समाधानकोलागि दवाव दिने अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै नेता नेपालले सबैलाई मिलाएर लिएर जानु पर्ने बताउनुभयो । यस्का लागि नेपालले आफ्नो निष्कर्ष सुनाउनु भयो – प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई मिलाउन सिपालु हुनु हुन्छ । मिलाउनु होला ।