१७ पुष २०७२, शुक्रबार

आधुनिक कृषि प्रणालीको कुरा खुबै हुनेभएपनिचल्दै आएको परम्परागत कृषि प्रणालीसँग जोडिएका केहि गतिविधि र प्रविधि समेत अहिले धमाधमविस्थापितहुँदै गएका छन् । संरक्षणको अभाव र प्रोत्साहनको कमीकाकारण पछिल्लो समयमा पानीघट्ठहरु संकटमा पर्न थालेकाहुन् । नुवाकोटको काहुँले गाविसमा सदियौदेखि प्रयोगमाआएकात्यस्तापानीघट्ठहरु विद्युतीयमिलको छायाँमा पर्दा धेरै खोलामा खण्डहर बनेका छन् भने कतिचलेपनिनिरन्तर चलाइराख्नसमस्या देखिएको छ ।

पानीको प्रयोग गरी खोलाका छेउछाउँमा विस्तार गरिएकापानी घट्ठहरु अहिले विस्थापितहुँदै गएका छन् । परम्परागत कृषि प्रणालीको उपजका रुपमा रहेका यस्ता घट्ठहरु घट्दो प्रयोगकाकारण हराउँदै गएको पाइन्छ । विद्युतीयमिलको विस्तारले यसको अस्तित्वसमेत संकटमा परको छ ।थोरै लगानीमापनि सञ्चालनगर्न सकिने भएपनिपिसानीकालागिअलिलामो समय लाग्ने भएकाकारण पनियसप्रतिको आर्कषण घट्दै गएको कतिपयको भनाइ छ ।

vlcsnap-2016-01-01-17h16m52s139
यता यसै माकाम गरी खानेलाई पनिअहिले दिनभरीको ज्याला उठाउन नै मुश्किल छ । घट्ठकै भरमा परिवारको गुजारा चलाउन असम्भव नै बनेको छ । उनीहरुकालागि सबभन्दाठूलो समस्याभनेको पानीको स्रोत सुक्दै गएकाकारण पनि व्यबसायमाहा्रस आएको गुनासो गर्छन् ।

स्वास्थ्यका हिसाबले पनि यसले अन्नको पोषण गुम्न नदिने भएकोले निकै लाभ दायी मानिन्छ । अन्नको गुण गुम्न नदिन क्षमता भएकै कारण यसलाई सुधार गरेर लान सके फाइदाजनकहुने स्वास्यकर्मीहरु बताउँछन् ।त्यतिमात्रनभईयसलाई नियमितबनाउन सके उर्जा संकटका बेला केहि भएपनि सहयोगीबन्ने देखिन्छ ।

नियमित निगरानीमा बस्नु पर्ने र वर्षातको समयमा खोलामा आउने बाढिले पनि थप समस्या पार्ने भएकाकारण यसमालागेकाहरु पनि पेशा परिवर्तन गर्ने गरेका छन् ।सुधारिएको पानीघट्टकार्यक्रमविभिन्न ठाउँमा अगाडि बढाएको देखिए पनि यसलाई जोगाइराख्नभने त्यतिप्रभावकारी बन्न सकेको छैन ।खोलाका छेउमा यस्ता पानीघट्ठहरु अहिले खण्डर जस्तै बन्दै गएका छन् ।

LIVE TV