
विस्तारै आँखाले देख्न छोडेकाहरुले फेरि पुनर्दृष्टि पाए भने के गर्लान् ? म्याग्दीको बेनी बजारमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापछि पुनर्दृष्टि पाएकाहरुले भने खुशीले मोबाइलमा सेल्फी खिचे भने कतिले त आफूहरुमा फेरी युवापन फर्किएकोसम्म अनुभूति गरे । मलेसियामा ब्यवसाय गर्ने बेनी नगरपालिका—१ रत्नेचौरका समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा लायन्स क्लवले म्याग्दी र पर्वतमा गरेको आँखा शिविरबाट करिव १८ सय जना भन्दा बढी लाभान्वित भएका छन् ।