१७ पुष २०७२, शुक्रबार

काठमाडौं । गत मंसिर महिनाको तुलनामा पुसमा इन्धनको आपूर्ति तीन गुणाले बढेको छ । यद्यपी वितरण प्रणाली भने पहिलेकै जस्तो रहेको छ ।

petrolpump

थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजी कार, जिप, भ्यानलाई साताभित्रै पेट्रोल वितरण गरिने निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिएका छन् । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने निगमको तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै शुक्रबारबाट डिजेलको वितरण बढाइने प्रवक्ता घिमिरेले बताएका छन् । हाल आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भएकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने उनले बताए ।

 

LIVE TV