
महोत्तरी, खैरवनी-८ की २२ वर्षीया मिरनदेवी सुरक्षित प्रसूतिका लागि सर्लाहीको मलंगवा अस्पतालमा आइन्। निःशुल्क र सुरक्षित सेवा पाइने सुनेकी उनले यो सरकारी अस्पतालमा भने त्यस्तो कुनै सुविधा पाइनन् । बरु प्रसूतिअघि र पछि आवश्यक पर्ने सम्पूर्ण सामग्री र औषधिसमेत बाहिरैबाट किनेर ल्याउनुपर्यो । नागरिक दैनिकमा समाचार छ।
उनका आफन्तले छोरी जन्म दिनुअघि र पछिका लागि चाहिने ग्लोब्स, केन्डुल, सलाइनसहित सबै औषधि बाहिरैबाट ल्याए । अस्पतालमा प्रसूति गराएबापत महिलाले पाउने पाँच सय रुपैयाँ र बच्चाका लागि दिइने न्यानो झोलासमेत मिरनले पाइनन्।
मधेसमा जारी बन्द-हड्ताल, आन्दोलन, नाकाबन्दीका कारण औषधि अभाव भएको भन्दै अस्पतालले निःशुल्क प्रसूति सेवा लिन आउने सेवाग्राहीलाई ग्लोब्स,क्याडुलासमेत आफैं किन्न लगाउने गरेको छ ।
पाँच महिनायतना सम्पूर्ण अाैषधिसहित अन्य सामान नअाएकाले सम्पूर्ण सेवाग्राहीलार्इ नै खरिद गर्न लगाएर प्रसूति गराउने गरेको फाँटकी इन्चार्ज पदमश्री गुरुङले बताइन्। अस्पतालमा अाैषधि नभएकै कारण यहाँ अाउने बिरामी अपचारका लागि भारत, सितामढी जान बाध्य भएका छन्।