
भारतको अघोषित नाकाबन्दीले पेट्रोलियमपदार्थको आपूर्ति कमहुँदामध्यपश्चिमका पहाडी जिल्लाहरुमाहवाई सेवा नराम्ररी प्रभावितभएको छ । इन्धनअभावले विभिन्नविमानकम्पनीहरुद्वारा हवाई सेवा कटौतीगर्दा कर्णालीअञ्चलमाजाने यात्रुसँगै खाद्यान्नआपूर्तिमा समस्याउत्पन्नभएको हो सुर्खेत विमानस्थलबाट दैनिक ३५ देखि ५० वटासम्म हवाई उडान हुने गरेकोमाअहिले इन्धनअभावकाकारण १० देखि १५ उडानमै सीमितहुने गरेको छ । इन्धन डिपो सुर्खेतमा सञ्चित राखेको इन्धन सकिएको र थपआपूर्ति पनिहुननसक्दाहवाई सेवामा कटौतीगर्नु परेको हवाई सेवामा सम्बद्ध मकालु एयरकापवनथापाले बताउछन् ।
अहिले सुर्खेतबाट उडान हुने कर्णालीअञ्चलकाजिल्लाहरुमाहवाइ सेवा कटौतीहुँदाखाद्यन्नमा समेत समस्या परेको छ । विकट र दुर्गम क्षेत्रहरुमालामो समय पछि नाकाबन्दीको असर परेको हो । हवाइ सेवा कटौतीगर्दा यस क्षेत्रमाहुने कार्गो, खाद्यान्न, लगायतअत्यावश्यक सामग्रीपुग्न सकेको छैन । यता सुर्खेत विमानस्थलकाप्रमुखभुपेन्द्र भट्टले नेपालआयलनिगमलाई सडक सुविधाबाट समेत खाद्यन्न पु¥याउननसकिने कर्णाली क्षेत्रमाआवश्यकताअनुसारको इन्धनउपलब्ध गराउनआग्रह गरेको बताउनुहुन्छ ।
८२ हजार लिटर हवाई इन्धन राख्न सक्ने क्षमताभएको नेपालआयलनिगम सुर्खेतमाअहिले करिव ४७हजार लिटर हवाइइन्धनमौज्दात रहेको छ । जस मध्ये हवाइ उडानका लागिआयलनिगमले आफुसँग भएको इन्धनको उपलब्धतालाईध्यानमा राख्दै हवाइ सेवाकम्पनीहरुलाई दिदै आएको छ ।
नाकाबन्दी छिट्टै खुल्ने संकेत भएपनि कर्णालीअञ्चलमा उडानका लागिआयलनिगमले दैनिक २ वटा उडानका लागिहवाइइन्धनउपलब्ध गराउदै आएको छ । जसले यस क्षेत्रको दैनिकीमा समस्याथप्दै गएको छ ।