१६ पुष २०७२, बिहीबार

अहिले मुलुकभर चिसो बढेसंगै कतै चिसोले कठयाङग्रिएर कतै कसैले ज्यान गुमाएका छन् त कतै बन्द कोठामा तातोले अक्सिजनको कमी भई निस्सासिएर ज्यान गुमाएका छन् । चिसोबाट बच्न प्रयोग गरिने ग्यास गिजर र हिटरका कारण हुने दुर्घटनाहरु पनि बढेका छन् । मध्य पुसका यी दिनहरु चिसोले अहिले कष्टकर बनेको छ । चिकित्सकहरुका अनुसार बन्द कोठामा आगो र हिटर बालेर बस्दा कार्बोनमनोअक्साइड ग्यास उत्पन्न भई अक्सिजनको कमिले ज्यानै जान सक्ने खतरा रहन्छ । केहि दिन अघि पोखराको दुखद घटनाले चिसोबाट बच्ने नाममा बन्द कोठामा हिटर बालेर सुत्दा अक्सिजनको कमि भई सुतेको सुत्यै ज्यान गुमाउनुपर्ने अवस्था आउँनेतर्फ सचेत रहन घच्घच्याएको छ ।

GAS GIJER
जाडो याममा आफ्नै लापरवाहीले गर्दा देखिने स्वास्थ्य समस्याहरु धेरै छन् । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु धेरैका लागि सामान्य कुरा बनेको छ । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्रा बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन् । जाडो याममा ग्याँस गिजरका कारण हुने मृत्युका घट्नाहरु पनि यसैले गर्दा हुने हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्न चिकित्सकहरुले सुझाएका छन् ।

जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल गर्नु हुँदैन । हिँडडूल गर्नैपर्ने भए न्यानो लुगा, टोपी लगाएर मात्र बाहिर निस्किनु पर्छ । हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने गर्नु पर्छ । भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्नुपर्छ भने मौसमी फलफुल विशेष गरेर भिटामीन सियुक्त फलफुलको अलि बढी सेवन गर्नु पर्छ । स्वास प्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउनुपर्ने चिकित्सकहरुको भनाइ छ । तर बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु पनि हुँदैन । त्यसो गर्दा भित्र भित्रै तातो भएर पसिना आउँने भएकोले त्यसैको चिसोले अन्य स्वास्थ्य समस्या नित्याउँने चिकित्सकहरु बताउँछन् । मौसम परिवर्तन प्रकृतिको चक्र हो । यसलाई कसैले पनि रोक्न सकिदैन । तर मौसम परिवर्तनबाट देखापर्ने स्वास्थ्य समस्याहरुबाट भने हाम्रो थोरै सावधानीले पनि बच्न सकिन्छ ।

LIVE TV