१६ पुष २०७२, बिहीबार

पूर्व राष्ट्रपति रामवरण यादवले संविधान घोषणा गर्नुअघि बाहिर रहेका संघर्षरत दलहरुका माग समेटन केहि समय थप्नुपर्ने आफुले गरेको आग्रहलाई दलहरुले इन्कार गरेका कारण समस्या बल्झेको बताउनुभएको छ । उहाँले मधेश देशभित्रै रहेको तर उसका माग नुसुने पोखिन सक्ने भन्दै सचेत समेत गराउँदा पनि दलहरुले वेवास्ता गरेको गुनासो गर्नुभयो । बीपी बिचार राष्ट्रिय समाजद्धारा ४० आंै राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालामा बीपीको सिदान्त र विचारहरु नामक पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुदै पूर्व राष्ट्रपति रामबरण यादवले दलहरुले आफनो सल्लाहलाई बेवास्ता गरेको गुनासो गर्नुभएको हो । उहाँले दलहरुले त्यति बेला फास्ट र सुपर फास्टको गतिमा संविधान बनाउने घोषणा गर्दा आफूले दुर्घटना हुन सक्छ भनेर सचेत गराएको पनि कार्यक्रममा स्मरण गर्नुभयो । पूर्व राष्ट्रपति यादवले आफू बीपीको विचार र सिद्धान्तबाट प्रभावित भएकोले आफू राजनीतिक सन्दर्भमा भनाइले भन्दा व्यवहारिक रुपले अगाडि बढेको दाबी गर्नुभयो । बीपी बिचार राष्टिय समाजका उपाध्यक्ष गोविन्दराज जोशीले बीपीलाई नेपाली कांग्रेसले आफनो सर्जक हुदा हुदैपनि वेवास्ता गरेको आरोप लगाउनुभयो ।

rambaran yadav

LIVE TV