१६ पुष २०७२, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काललाई सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने निर्णय गरेको छ । सत्ता साझेदार राप्रपाले जनतालाई भुकम्प, नाकावन्दी र कालोवजारीवाट राहात दिन वर्तमान सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ । आलोपालो प्रणाली अनुसार विहीवार राप्रपाको अध्यक्षको पदभार सम्हाल्दै लोकेन्द्रवहादुर चन्दले यथाशीघ्र नाकावन्दी खोलेर जनजीवन सामान्य वनाउन सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष चन्दले पार्टीमा व्यक्तिवाद हावी नभई पार्टीको संस्थागत निर्णयका आधारमा चल्ने वताउनुभयो । साथै राप्रपा नेपालसँगको एकताको लागि केन्दीय समितिको परामर्शपछि विचार गरिने अध्यक्ष चन्दको कथन थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व आलोपालो गर्ने निर्णय अनुसार चन्द पछि पशुपतिशम्सेर जवरा र त्यसपछि डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षता गर्नुहुनेछ । तर चन्दले अध्यक्षको पदभार ग्रहण गरिरहदा पशुपतिशम्सेर जवरा भने अनुपस्थित हुनुहुन्थ्यो ।

vlcsnap-2015-12-31-17h04m24s80

प्रतिक्रिया दिनुहोस्
LIVE TV