
बलिउडकी अभिनेत्रि विद्या बालन नयाँ वर्ष जनावरीको एक मा विद्याको जन्म दिन मनाउनका लागी उनको पति सिद्धार्थ राय कपुर सँग कुनै गोप्य ठाउँमा जान लागेका थिए । यसरी जन्मदिन मनाउन जाने क्रममा विद्याको पेट भयंकर दुखाई पश्चात अस्पताल लगिएकाृृे छ ।
विद्याको भयंकर पेट दुखाईको कारण डाक्टरलाई उक्त जहाजमै बोलाउनु पर्यो । विद्याँ र सिदार्थ दुवै जना जहाज बाटनै उत्रनु परेको थियो । यसरी जहाजबाट ओर्लि सकेपछि हवाई अड्डा नजिकैको ल्किनिकमा जाँच गराउन गएका थिए । विद्याको यस अचानक पेट दुखाई पछि औषधि खुवाईएको थियो । आफ्नो गन्तव्यमा लाुग्नुभन्दा पहिले नै विद्याको उक्त भयंकर दुखाई पछि विद्याको श्रीमान सिुदार्थ राय कपुरले अस्पतालमा भर्ति गराएका हुन् ।
औषधि खुवाई सकेपछि विद्यालाई मुम्बई स्थित हिँन्दुजा अस्पतालमा गत मंगलबार भर्ति गराईएको छ । हिँन्दुजा अस्पतालको विशेषज्ञको रेखदेखमा रहेको विद्या बालन चाँढै स्वास्थ हुने विशेषज्ञहरुले बताएका छन् ।