१६ पुष २०७२, बिहीबार

धौली चलचित्रको प्रिमियर शो सम्पन्न भएको छ । किरण आत्रेयले निर्माणमा घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र धौली को प्रिमियर शोमा निर्देशक घनश्यामले आफ्नो नयाँ व्यानरको परिचय सहित धौली चलचित्रको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
यस धौली चलचित्रको विशेष शोमा पत्रकार बन्दुहरु र यसै चलचित्रका कलाकारहरुले साथ दिएका थिए । काठमाडौंको बाग बजारमा सम्पन्न भएको विशेष शोमा निर्देशक लामिछानेले यस चलचित्र अन्य चलचित्रहरुको तुलनामा राम्रो चलचित्र निर्माण भएको बताउका छन् । यो चलचित्रले पश्चिम नेपालको ग्रामिन भेगका सम्पुर्ण यथार्थ कथावस्तुहरलाई समेटिएको निर्देशकले बताउका छन् । त्यस्तै यस चलचित्रमा कलाकारहरुको नाम पनि गाउँले पाराको भएको पनि बताएका छन् ।
पौषको १७ गतेबाट देशैभर प्रदर्शन हुने धौलीमा गीता अधिकारी,विष्णु गौतम, गजित विष्ट,अनु शाह,प्रकाश घिमिरे,शम्भु थापा लगाएतका कलाकारहरुको गाउँले परिवेशमा अभिनय देख्न सकिनेछ । यस धौली चलचित्रलाई दिव्य राज सुवेदीको छायाँनकनमा रोशन श्रेष्ठको द्वन्द, बसन्त सापकोटा र केवल घर्तिको संगित तथा केश बहादुर गुरुङ्गको फोटोग्राफि रहेको छ ।

 

vlcsnap-9583-03-19-05h38m22s160

LIVE TV