१६ पुष २०७२, बिहीबार

गएको साताको अन्तिम दिन शुत्रबारदेखि स्थिर रहेको सुनको भाउ विहिवार तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार विहिवार छापावाल सुन तोलाको ४८ हजार रुपैयाँमा कारोबार भएको छ । बुधवार सुन तोलाको ४८ हजार ३ सय रूपैयाँमा किनबेच भएको थियो । त्यसै गरी विहिवार तेजावी सुन ४७ हजार ७ सय ५० रुपैयाँमा कारोवार सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहिबार तोलाको ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV