
सिरहा । हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अभियुक्तलाई २० वर्षपछि सिरहा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२)का ७० वर्षीय सरयुग यादव रहेका छन् ।
घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घरमै पुुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुुभयो ।
उहाँका अनुुसार कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ साल मङ्सिर ६ गते छ महिना कैदको फैसला सुनाएको थियो ।
कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । रासस