१६ पुष २०७२, बिहीबार

पाँचथर । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले बुधबार आफ्नै घरमा आगो लगाउनुभएको छ ।

firein bara

आफ्नी श्रीमती सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु. १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रमुख मोहन खतिवडाले जानकारी दिनुभयो ।

केही समययता नियमित रूपमा घरायसी झगडा हुने गरेको र बुधबार बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किनुभएका उहाँले सलाई कोरेर घर र ग्वालीमा आगो लगाउनुभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूका दुई वटा घरमा रहेका लत्ताकपडा, काठका सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ ।

घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ । रासस

 

LIVE TV