
कमलरी मुक्तघोषणा भएको वर्षौ बिते तर बाँकेमा अझै १६ जना बालिका कम्लरीका रुपमाकार्यरत रहेको पाईएको छ । मुक्तकमलरी विकास मंच बाँकेको तथ्याङक अनुसार बाँकेमाअझै कम्लरीका रुपमा काम गरिरहेका ती १६ जनाबालिकाहरुको अझै उद्धार हुननसकेको जनाएको छ ।
बुधबार नेपालगन्जकाविभिन्न स्थानमाकमलरीका रुपमाकार्यरत बालवालिकाहरुलाई उद्दार गर्ने क्रममा ठूलाबडाको घरमाबालवालिकाअझै कमलरीका रुपमाकामगरिरहेको पाइएको मञ्चकाअध्यक्षदिलकुमारी चौधरीले बताउनुभयो । उहाँकाअनुसार नेपालगन्जको बेलासपुर १६ काश्यामबहादुर मल्लको घरमा रझेना ५ की रिताचौधरी र सोही ठाउँका अनिता राणाका घरमा मिठठु चौधरी ७बर्षदेखि कार्यरत रहेकाछन् । यसरी सरकारी कर्मचारी र ठूला बडाकै घरमाकमलरी राखेपछि आफूहरुलाई उद्दार गर्न चुनौती भैरहेकोमञ्चकाअध्यक्षचौधरीले बताउनुभयो ।