१६ पुष २०७२, बिहीबार
  • यादव देवकोटा

यही डिसेम्बर २७ तारिखका दिन दक्षिण कोरियाको थेगु सहरमा ‘हिउँद कविता २०१५, बहस र वाचन’ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । नेपाली साहित्य समाज दक्षिण कोरिया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले संयुक्त रुपमा आयोजनामा गरिएको यस कार्यक्रम अहिले सम्मकै बृहत र पृथक भएको नेसासकी अध्यक्ष कल्पना धर्ती र अनेसासका सचिव विदुर शर्माले जनाए ।

koreya

युवा कवि प्रमोद सारंग र रमेश सायनले डायस्पोरा साहित्य, नेपाली कविता अन्तराष्ट्रियकरण हुन नसक्नुका अप्ठ्यारा, नेपाली कविताको वर्तमान स्वरुपबारे छलफल र विमर्श गरे । कार्यक्रममा अर्का कवि जीवन खत्रीले सहजकर्ताको भूमिका निभाएका थिए। कवि सारंगले नेपाली भाषा-साहित्यमा नयाँ-नयाँ प्रयोग र आविस्कार हुँदै गएको, सुन्दर स्रष्टाहरुको नवीतम कृतिहरु आइरहेको र प्रवासी साहित्य पनि दिनप्रतिदिन उर्वर हुँदै गएको बताए । त्यसै गरी कवि रमेश सायनले नेपाली कविता विश्व कवितासँग तुलना गर्न सकिने भए पनि भाषाका कारण र राम्रो अनुवादहरु हुन नसेका कारण नेपाली कवितामाथि जान नसेको तर्क दिए. । डायस्पोरा साहित्यबारे छलफल गर्ने क्रममा छोटो अविधिका लागि अथवा भ्रमणका शिलशिलामा प्रवासमा बसेर लेख्दैमा त्यो डायस्पोरा साहित्य नहुने र त्यसमा कन्टेन्ट र ओरिजिनले भूमिका खेल्ने गरेको प्रमोद सारंगले जनाए ।
बहसको कार्यक्रम समापन पश्चात वाचनको कार्यक्रममा धेरै सुन्दर सिर्जनात्मक अभिव्यक्तिहरु आए । सयजनाभन्दा बढी भेला भएको कार्यक्रममा अधिकाशं साहित्यकर्मीले आफ्ना रचना मार्फत देशकै पीडाहरू लत्पतिएका विषयबस्तु र अनेकौँ समस्याहरूलाई कलात्मक ढंगले सुनाए ।
प्रसिद्द गीतकार सुर्य खत्री, कवियत्री गंगा पौड्याल, त्यसै गरी अरु सर्जकहरु, शकुन आँशु ,सन्तोष पौड्यालका मीठा रचनाहरुसँगै सायुध, गणेश पौड्याल, अज्ञात पाल्पाली, बलदेव भटराई, विदुर शर्मा कस्तुप गैरे, अञ्जान काँइला, मिलन किराती, बिनोद बान्तवाका रचनाहरुले कार्यक्रममा रौनकता थप्यो । त्यसै गरी नबिन नेपाल, देब सागर, निश्चल नविन, लबकुश माल्टाली, आनन्द भट्टराई, सायद कृष्ण राई, डि आर अटु, यल्जी विवश, छबिशीत कुलुङ, खगेन्द्र पराजुली, सन्तोष अंगाई, सरोज सर्वहारालगायतका चार दर्जनाभन्दा बढी साहित्यकर्मी हरुले आफ्ना चोटिला रचनाहरु प्रस्तुत गरे ।
नेपालका वरिष्ठ साहित्यकार तुलसी दिवसले कार्यक्रमलाई शुभकामना मन्तब्य दिदै, नेपालीहरूले प्रवासमा रहेर पनि नेपाली साहित्यको उत्थानरको शुभ कार्यका लागि खुसी व्यक्त गरे । त्यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माले शुभकामना सन्देश पठाएका थिए ।

नेपालका तर्फबाट कोरियाका लागि श्रम सहचारी अनिल गुरुङज्युको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा नेसास दक्षिण कोरियाकी अध्यक्ष कल्पना राइ सभापति रहेकी थिइन्, ।त्यसै गरी पत्रकार तथा कवि जीवन खत्री र अञ्जान काँइलाले कार्यक्रम आकर्षक ढंगले संचालन गरेका थिए।

LIVE TV