१६ पुष २०७२, बिहीबार

विनासकारी भूकम्पबाट घरबारविहीन भई अस्थाई टहरामा बस्दै आएका मध्ये १३ जना भुकम्प पीडितहरुको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको छ । भुकम्पबाट घरमा भएको लत्ताकपडा सबै पुरिएको र सरकारले न्यानो कपडाको लागि पठाएको १० हजार समेत रकम नपाए पछि चिसोले कठयाङ्ग्रिएर एक साता १३ जनाको मृत्यु भएको हो ।

चिसो बढेर माइनस ३ डिग्रीसम्म पुगेपछि तुषारो समेत जम्न थालेर जिउँदा पीडितहरु चिसोमा काम्दै रात कटाउन बाध्य छन् । चिसोका कारण मृत्यु हुनेहरुमा दोलखाको दक्षिणी डाँडाखर्क–८ का ९५ बर्षिय धनराज तामाङ, झुले–७ का ८६ बर्षिय लालबहादुर कार्की, झुले–४ का ८३ बर्षिय जानुका कार्की, गैरीमुदी गाविसका ६८ बर्षिय लालबहादुर तामाङ र जफे–१ का ७९ बर्षिय भद्रकुमारी पोखरेल, बुलुङ–८ का ६६ बर्षिय भक्तबहादुर मगर र मेलुङ–८ का ७० बर्षिय जीतबहादुर श्रेष्ठ, मेलुङ ८ कै ६६ बर्षिय बिष्णुकुमारी श्रेष्ठ छन् । यसैगरी कालिन्चोक – १का ६६ बर्षिय सानुमाया थामी, लापिलाङ – ३ का ७३ बर्षिय गम्बिर थामी, पवटी –५का ५८ बर्षिय बमबहादुर तमाङ, शैलुङ्गेश्वर –५ का ८२ देबकुमारी कार्की, चंखु –७का ५५बर्षिय मिठु तमाङको पनि चीसोका कारण मृत्यु भएको स्थानियले बताएका छन् । चिसोले श्वासप्रश्वासमा चरम समस्या भएका कारणले भूकम्पपीडितको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

LIVE TV