१६ पुष २०७२, बिहीबार

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले बार्सिलोनाकालागिआफ्नो ५०० औं खेलमा ४ सय २५ औं गोल गरेका छन् । मेस्सी र लुइस स्वरेजको गोलको मद्दतमा रियल बाटिसलाई हराउँदै बार्सिलोनाले २०१५ को सुखदविदाइ गरेको छ । बुधबार रातिभएको खेलमाबार्सिलोनाले रियल बाटिसलाई ४– सुन्य गोल अन्तरले हराएको छ । रियल बाटिसका गोलरक्षकले २९ औं मिनेटमा मेस्सीलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, नेयमारको प्रहार बारमालागेर फर्कियो । र, बाटिसकाहाइकोले आत्मघाती गोल गरे । ३३ औंमिनेटमा मेस्सीे गोल गरे । बार्सिलोनाकालागि ५०० औं खेल खेलिरहेका मेस्सीको यो ४२५ औं गोल समेत हो ।

messi
दोस्रो होफको सुरुमा नै स्वरेजले गोल गरे । उनले ८३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४– सुन्यको जितदिलाए । योसँगै बार्सिलोनाले सन् २०१५ मा १ सय ८० गोलको स्पेनिस कीर्तिमान समेत बनाएको छ । अर्को खेलमाएथ्लेटिको मड्रिडले रायो लाभेलकानोलाई २ –० ले हराएको छ भने रियल मड्रिडले सोसिडाडलाई ३–१ ले हराएको छ ।जितपछि बार्सिलोना १६ खेलबाट ३८ अंकसहितशीर्ष स्थानमा छ भने एथ्लेटिको मड्रिड १७ खेलबाट ३८ अंकका साथ दोस्रो र रियल मड्रिड ३६ अंकका साथ तेस्रो स्थानमा छ ।

LIVE TV