१६ पुष २०७२, बिहीबार

ज्वरोले बल्ल तंग्रिदै गरेको शरीर। पिठ्युँमा बिरामी छोरी। काँधमा औषधि र सामान भरिएको झोला। जलवीर–कात्तिके कच्ची सडकको ढाँडे कटेपछि २६ बर्षीया सीता नेपाली भेटिइन्।

laprak

ज्वरोले कमजोर बनाएको शरीरमाथि छोरी र सामानको भारीसँगै हतारिँदै हिँडिरहेकी उनको अनुहार मलिन थियो । भूकम्पमा गाँसबास गुमाएकी उनी थप समस्या र पीडामा छिन् । नागरिक दैनिकमा समाचार छ ।

 

मुखबाट रगत आउन थालेपछि ओखतीमुलो गर्न यसका बाबु हिजै काठमाडौँतिर लागेका छन्, पिठ्युँमा नौ महिने छोरी रोजिना बोकेर हिँड्नै हतारिएकी सीताले भनिन्,‘घरमा बिरामीले थलिएर १० वर्षे छोरो लडिरहेको छ।’ बराम्ची –९,ध्यादुङकी २६ वर्षीया सीताको दुई लालाबालासहित बस्दै आएको घर भूकम्पले ढालेपछि आपतमा फसेकी उनले विदेशमा रहेका श्रीमान राजकुमारलाई बोलाइन् ।

 

भूकम्पले लडेको घर ठड्याउन र आपतमा सहारा होला भनेर विदेशवाट फर्किएका श्रीमान आफैँ ठन्डीको सुरुआतमै अस्पताल शय्यामा पुगे । स्याँठ नछेक्ने टहरोमा चिसोले गाँच्दै र्गपछि राजकुमारको छातीमा समस्या देखिएको छ । भरोसाका मियो नै अस्पताल पुगेपछि सीता बेचैनीमा छिन् ।

 

LIVE TV