१६ पुष २०७२, बिहीबार

टर्कीको कप्पाडोसियास्थित अवानोस एउटा सानो ऐतिहासिक सहर हो । अवानोसमा एउटा यस्तो संग्रहालय छ जुन विश्वकै फरक संग्रहालयमा पर्छ । ‘अवानोस हेयर म्युजियम’ले विश्वका कैयौँ पर्यटकको मन तान्न सफल छ ।

hair

कपालको यो संग्रहालय सुरुवात गर्दाको कथा नै रोचक छ । माटाको भाँडा बनाउने चेज गेलिप नामका एकजना व्यक्तिले आफ्ना नजिकका मित्रको सम्झनामा यो म्युजियम बनाएका थिए । नजिकका मित्रले अवानोस सहर छाडेर जाने वेला आफ्नो केही कपाल सम्झनाका लागि भन्दै एउटा कागजमा बेरेर गेलिपलाई दिएकी थिइन् । त्यसपछिका दिनमा गेलिपको पसलमा पुग्ने महिलाले ‘कपाल राख्नुको कारण’ थाहा पाएपछि आफ्नो नाम र ठेगानासहित थोरै कपाल सम्झनाका लागि छाड्न थाले ।

एक–एक गर्दै धेरै महिलाले कपाल चिनो छाडेर गएपछि गेलिपको पसल नै संग्रहालयका रूपमा बदलियो । ‘अवानोस हेयर म्युजियम’मा अहिले १६ हजारभन्दा बढी महिलाको कपालले सिलिङ र भित्ता भरिएको छ । केही वर्षयता यहाँ हरेक वर्ष दुईपटक कपाल दिनेहरूको नाममा चिठ्ठा खोल्ने गरिएको छ र विजेताले सित्तैमा ‘कप्पाडोसिया ट्रिप’ उपहार पाउँछन्। नयाँ पत्रिका दैनिक

 

LIVE TV