
गोरखा । घर भत्किएर विस्थापित भएपछि अरुको जग्गामा आश्रय लिएर बसेका केरौंजाका भूकम्पपीडित बस्दै आएको टहरो छाड्न भनेपछि चिन्तित बनेका छन् । भूकम्पले घर भत्काएको करौंजामा १३ असारको पहिरोले गाउँ नै बगाएको थियो ।
‘पहिरो गएपछि गाउँ छाड्नुपर्यो’ स्थानीय मानबहादुर गुरुङले भने, ‘अब आलु लगाउने बेला भयो भनेर जग्गा साहुले ठाउँ छोड भन्न थालेका छन् ।’
आफ्नो जग्गामा टहरो बनाएर गाउँले बसेपछि वर्षभरि खाने आलु लगाउन नपाएकोमा चिन्तित छन् । कतिपयले त टहरा भत्काइदिन नै थालेको नयाँ पत्रिकामा खबर छ ।
करौंजा वडानम्बर चारका एक सय २७ घर, वडा नम्बर एकका २३, वडा नम्बर दुईका ५० र क्युकाङको ३९ घरधुरी विस्थापित भएर अरुको जग्गामा आश्रम लिएर बस्दै आएका छन् ।