
दोलखा । अत्यधि चिसोका कारण कठ्याग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् । केही युवा पनि रहेको नयाँ पत्रिकामा खबर छ ।
उनीहरु मध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, मलगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।