
झापा । इन्धन ओसार्न काभ्रेबाट झापा आएको दूध बोक्ने एउटा ट्यांकरसहित दुईजनालाई प्रहरीले बुधबार काँकरभिट्टाबाट नियन्त्रणमा लिएको छ ।
बा ३ ख २३७४ नम्बरको ट्यांकरमा इन्धन लोड गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले काभ्रे नयाँ गाउँका कृष्णप्रसाद तिम्सिना र हरिप्रसाद बजगाईलाई नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ ।
प्रहरीका अनुसार तिम्सिना ट्यांकर मालिक हुन् भने बजगाई चालक हुन् ।