
बुधबार लाईफ हाउस फाउन्डेशनले स्विडेनको गाइका क्यारोलाको एक प्रेस मिट मार्फत स्वागत गरेका छन् । लाईफ हाउस फाउन्डेशनका प्रिन्सिपल विजय लामाले उक्त प्रेस मिटमा ७५० जना रहेको बालबालीकाहरु मध्ये ५०० जना बादी समुदायको मात्र रहेको र बाँकी २५० जना अन्य विभिन्न गरीब परिवार, टुहुरा तथा उद्धार गरीएका बाल बालीकाहरु रहेको उक्त प्रेस मिट मार्फत जानकारी गराए थिए ।
स्विडेनकी नागरीक क्यारोलाले यस संस्थाको सम्पुर्ण बादी सामूदायको बालबालीकाहरको लागी विगत ५ वर्ष देखि अमूल्य योगदान गरीरहेकी छिन् । क्यारोलाले डेव्युट गरेकी एल्वम फ्रयामलिङ्ग (स्टे«न्जर) को एक मिलियन कपि विक्रि भैसकेको छ । यो स्विडेनको संगित क्ष्ोत्रको ईतिहासमै सबै भन्दा धेरै विक्रि भएको बताएका छन् ।उनले महिला बेचबिखन सम्बन्धि धेरै कुराहरु उठाईसकेकी पनि छिन् । उनले लाईफ हाउस फाउन्डेशनको बादी समुदायको उत्थानको लागी स्विडेन, नर्वे लगाउतका विभिन्न स्थानहरुमा न्युमेरस कन्सर्ट पनि गरीसकेकी छिन् । उक्त प्रेसमिटमा क्यारोलाले लाईफ हाउस फाउन्डेशनका बादी समुदायको दिदी बहिनिहरुले न्यानो स्वागत गरेकोमा खुसि पनि व्यक्त गरीन् ।
यस पत्रकार भेटघाट मार्फत उनले चारदिने नेपालको भ्रमणमा लाईफ हाउस फाउन्डेशनमा रहेका सम्पुर्ण बादी समुदायको बालबालीका हरलाई प्रतक्ष्य आफै गएर भेट्ने भएको छ । यस संस्थाको छैटौं जन्मोत्सबमा भोली डिसेम्बर ३१ का दिन नेपाल एकेडेमी हलमा आफ्नो प्रतिभा पनि प्रस्तुत गर्दै छिन् । अबको २ वर्ष भित्र भुकम्पले भत्काएको यस संस्थाको सम्पुर्ण घरहरु मर्मत तथा पुनािर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेकी छिन् । र यसै कार्यक्रम मार्फत उनले आफ्नो गीत पनि प्रस्तुत गरेकी थिइन् ।
५०० जना बादी समुदायका बालबालिकाहरु र २५० जना अन्य बालबालीकाहरुका लागी काठमाडौंको साँखुमा २० रोपनि जग्गा खरीद भैसकेकोले अबको दुई वर्ष भित्र लभ नेपाल र क्यारोला को सहयोगमा भवनहरु निर्मान भैसक्ने पनि यसै पत्रकार भेटघाट मार्फत संस्थाको प्रमुख लामाले जानकारी दिएका थिए ।