१६ पुष २०७२, बिहीबार

काठमाडौं । ग्यास र मट्टीतेल नपाएर चुलो बन्द भएपछि सर्वसाधारणले डिजेल किन्न थालेका छन् ।

nepali chulho

डिजेलमा नुन मिसाएपछि मट्टीतेलका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी पाएपछि ग्यालेन बोकेर नेसनल ट्रेडिङको टेकुस्थित पम्पमा सर्वसाधारणको बुधबार लामो लाइन लागेको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै गाउँमा ग्यास र पेट्रोलभन्दा पानीको दुःख छ । पानी नभएर छाक अड्किएपछि दोलखाको नाम्दु गाविसका सर्वसाधारणले रित्ता ग्यालेनसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

दैनिक दुई घन्टा हिँडेर पनि पानीको जोहो गर्न नसकेपछि उनीहरुले एक महिनाअघि दिएको निवेदनमाथि प्रशासनले सुनुवाइ नगरेको भन्दै प्रशासनमा प्रदर्शन गरेका हुन् ।

 

LIVE TV