१६ पुष २०७२, बिहीबार

 

दोलखा । भूकम्पपीडितका नाममा १५ हजार रुपैयाँ त आयो, थैलीमा राखेँ, ओड्ने-ओछ्याउने किनेनौं । १५ हजारले छोराछोरीको पढाईखर्च गर्ने पतिपत्नीले निर्णय गर्‍यौं । अरुले दिएकै भरमा चिसो कटौला भनेका थियौ तर, चिसोले पतिलाई लग्यो । अहिले त्यही पैसाले पतिको काजकिरिया गर्दैछु ।

kiriya

केही दिनअघि चिसोबाट कठ्याग्रिएर मृत्यु भएका दोलखा नाम्दु ३ का केशव घिमिरेकी पत्नी निता घिमिरेले यसो भनिरहँदा आखा ओभाना थिएनन । विनाशकारी भूकम्पले घर भत्काएर बेहाल भएको निताको परिवार अहिले थप पीडामा छ । पतिको मृत्यु भयो, घरको आर्थिक अवस्था कमजोर छ, सासूससुरा वृद्धवृद्धा छन्, छोराछोरी सानै । अब कसरी गरिखाने भन्ने चिन्तामा आफू छटपटिएको निताले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

भूकम्पले घर भत्काएर घाइते भएका केश त्रिपाल र चित्राको अस्थायी टहरोमा बस्दै आएका थिए ।

 

LIVE TV