१५ पुष २०७२, बुधबार

विश्व बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ । पछिल्लो पटक बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएपछि इन्धनको मूल्य पनि घट्दो अवस्थामा रहेको हो । बिश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट हुदाँ तेलको मुख्य निर्यातक राष्ट्रहरुको अर्थतन्त्र प्रभावित भएको छ । बिश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाको बजेट घाटा यो वर्ष करिब एकसय अर्ब डलरको हराहारीमा पुगेको एजेन्सीहरुले जनाएका छन ।
खाडी मुलुकहरुमा बजेट घाटा कम गर्न पेट्रोलको मूल्य ५० प्रतिशतले बढाउँदा पनि अन्तराष्ट्रिय बजार मूल्य भन्दा निकै कम हुने अनुमान गरिएको छ ।
सन् २०१२ मा १ सय २५ डलर प्रति ब्यारेल रहेको कच्चा तेलको मूल्य अहिले ३७ डलर मात्र रहेको एजेन्सीहरुले जनाएका छन् ।

PETROL

LIVE TV