१५ पुष २०७२, बुधबार

विस्तारै आँखाले देख्न छोडेकाहरुले फेरि पुनर्दृष्टि पाए भने के गर्लान् ? म्याग्दीको बेनी बजारमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापछि पुनर्दृष्टि पाएकाहरुले भने खुशीले मोबाइलमा सेल्फी खिचे भने कतिले त आफूहरुमा फेरी युवापन फर्किएकोसम्म अनुभूति गरे । मलेसियामा ब्यवसाय गर्ने बेनी नगरपालिका—१ रत्नेचौरका समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा लायन्स क्लवले म्याग्दी र पर्वतमा गरेको आँखा शिविरबाट करिव १८ सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

vlcsnap-2015-12-30-20h06m18s164
म्याग्दीको घार गाविस—९ का तिर्थबहादुर बरुवालले दाहिने आँखाले नदेखेको १२ बर्ष भएको थियो । भारतीय सेनामा कार्यरत बरुवालले दाँहिने आँखाले परिवारका अन्य सदस्यको सहायतमा दैनिक कामकाज गर्ने गरेका थिए । बरुवालले मोतियाविन्दुको अप्रेसन गरेपछि देख्न सक्ने भएपछि उत्साहित हुदै घर फर्किए । बरुवाल जस्तै रुपन्देही जिल्ला घरभई हाल बेनीबजारमा बस्ने महमद मुसलमान, पवर्त—७ माँझफाटकी शान्ति जिसी सहित ११८ जना मोतियाबिन्दुका बिरामीहरुले शल्यक्रिया गरेपछि आँखा देख्नेवित्तिकै बुरूक्क उफ्रिदै खुसी ब्यक्त गरेका थिए । केहीले त आफ्नो मोवाईलबाट सेल्फी समेत लिएका थिए । मलेसियामा ब्यवसाय गर्ने बेनी नगरपालिका—१ रत्नेचौरका समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा लायन्स क्लवले म्याग्दी र पवर्तमा गरेको आँखा शिविरबाट करिव १५ सय जनालाई निशुल्क सेवा, औषधी र चस्मा वितरण गरिएको छ । दुईदिनसम्म बेनीमा सञ्चालन भएको शिविरमा लामोसमयसम्म आँखा बन्द भएका बृद्धबृद्धाले पुनः दृष्टि पाएपछि एकै ठाउँमा बसेर खुसी साटासाट गरेका छन् ।
पूषको ४ गतेदेखि विभिन्न चरण र ठाउँमा मंगलबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार ८६३ जना लाभान्वित भएको लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले बताउनुभयो ।
शिविरमा आँखा परीक्षण, परामर्शको साथै निशूल्क औषधी र चस्मा वितरण गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला अस्पताल बेनी, आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा सञ्चालित शल्यक्रिया शिविरमा आँखा अस्पतालका चिकित्सक एलीया श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मी टोलीले सेवा दिएका थिए । बेनीका साथै उत्तरी पर्वतको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिविर आयोजना गरिएको थियो । आँखाका बिरामीहरुलाई स्थानीय स्तरमै सर्वसुलभ रुपमा उपचार सुबिधा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको थियो । गाउँठाउँमै शिविर सञ्चालन गरिएपछि आँखाका विरामीलाई निकै ठूलो राहत मिलेको थियो ।

LIVE TV