१५ पुष २०७२, बुधबार

राष्ट्रिय सरसफाई अभियानको अन्र्तगतसुनसरीको सदरमुकामइनरुवामासरकारका सरसफाई दुतएवंहाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको सहभागितामापूर्व पश्चिम राजमार्ग आसपास सरसफाई गरिएको छ । धुर्मुस र सुन्तलीको अगुवाईमाकोशीब्यारेज देखि इटहरीसम्म सरसफाई गरिएको छ । सुनसरीको इनरुवास्थित सुनसरी खोलाबाट शुरु भएको अभियानको धुर्मुस र सुन्तलीले झाडुले बढारेर उदघाटन गरेकाथिए ।सुनसरी खोलाबाट शुरु भएको अभियान इटहरीसम्मपुगेर समापनगरिएको थियो ।सरसफाई सम्बन्धीजनचेतना फैलाउनआफुहरु पनि राष्ट्रिय सरसफाई अभियानमा सहभागीहुन सुनसरी आएको धुर्मुस र सुन्तलीले बताए । फोहर व्यवस्थापन गरेर मात्र राष्ट्रको सफाई नहुने भन्दै सबै भन्दा ठुलो सोच सफा राखेर मात्रगाँउ, समाज र राष्ट्र सफाई हुने सन्देशउनीहरुलेदिएकाथिए ।सरसफाई सम्बन्धिजनचेतनाजगाउनआफुहरु देशका हरेक स्थानमापुग्ने वताउदै सरसफाई दूतजोडीले यस अभियानमासहभागीहुनसबैलाई आग्रह समेत गरेकाथिए ।
यस बर्षको राष्ट्रिय सरसफाई अभियानमा राजमार्ग आसपासकाफोहरको सफाई गरिने लक्ष्य छ । राजमार्ग क्षेत्रमाजथाभावीफालिएकाफोहरको दिगो व्यवस्थापनगर्न अबकादिनमाकार्यक्रम संञ्चालनगरिने सुनसरीकाप्रमुखजिल्लाअधिकारी रविलालपन्तले बताउनुभयो ।
vlcsnap-2015-12-30-19h57m50s207
यस्तै संविधान सभाका सदस्यएवं सुनसरी काग्रेस क्षेत्र नम्बर ४ का सभासदसिताराम मेहेताले सरसफाई सम्बन्धी कुरामागाँउ स्तरबाट पार्टीगत र सामाजिककार्यको रुपमायसलाई अभियानलान सकेमामात्र समाज स्वच्छ बन्ने बतानुभयो । नेपाल सरकारका सहसचिवधनबहादुर श्रेष्ठले सरसफाईको बिषयमा सरकार गम्भीर रहेको भन्दै फोहर व्यवस्थापनमा स्थानीयनिकाय र स्थानीयको सहयोगमामात्र सम्भवहुने भएकाले यसलाई अभियान नै बनाएर अघि बढनु पर्ने बताउनुभयो ।
vlcsnap-2015-12-30-19h58m16s207
कार्यक्रममा उघोग बाणिज्य संघ इनरुवा, महिला संघसंस्था, नेपालप्रहरी, नेपाली सेनातथा स्थानीयहरु खुलेर सरसफाईमा सहभागीभएकाथिए ।

LIVE TV