१५ पुष २०७२, बुधबार

गुरुङ समुदायकोनयाँवर्ष प्रारम्भ भएको खुशीयालीमाबुधवार तमु ल्होछार हर्षोल्लासका साथभव्य रुपमामनाएका छन् । तमु ल्होछारको अवसरमा देशका गुरुङ बाहुल्यता क्षेत्रका साथै राजधानी काठमाडौंमापनिविभिन्नकार्यक्रमको आयोजनागरिएको थियो । बुधवार काठमाडौंको टुँडीखेल परिषरगुरुङ संस्कृति,परम्परा,भेषभूषा र खानपानझल्किने स्टलहरु र आफ्नो जातीय भेषभूषामा सजिएका गुरुङ र गुरुङसेनीहरुको कारण साँच्चिकै गुरुङमय बनेको थियो । बुधबार तमु ल्होछारको अवसरमाराजधानीमाबाँदर वर्गलाई स्वागतगर्दै निकालिएको विभिन्न सांस्कृतिक¥यालीसहितको जुलुशले नगरपरिक्रमागरिरहँदा नेपालमा गुरुङ समुदायको उपस्थिति र उनीहरुकाजातीयपहिचनाकाबारेमा प्रष्ट झल्को दिइरहेको थियो । सोही र्यालीनगरपरिक्रमापछि टुँडिखेलमापुगेपछि भव्यल्होछार समारोहको रुप लिएको थियो । जसमाधार्मिक पूजाआजा,सांस्कृतिक र सांगीतिक प्रस्तुतिले त्यहाँउपस्थित गुरुङ समुदायलाई मात्रहोइनत्यहाँपुग्ने जोकोहीलाई तमु ल्होछारको रन्कोले बाँधिदिएको थियो । कार्यक्रममा सम्बोधनगर्नुहुँदै प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालविभिन्नजातजाति,भाषा र संस्कृतिको मुलुकभएको बताउँदै विविधताभित्रएकता नेपालको विशेषता रहेको धारणा राख्नुभयो ।
‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हुन्छ ।यसर्थ ल्होछार पर्वलाई नयाँबर्षका रुपमामानिने गरिन्छ । हरेक ल्होलाई गाई, मुसा, बिरालो, बाघ, गरुड, घोडा, सर्प, बाँदर, भेडा, चरा, सुँगुर र कुकुर गरी १२ वटा नामको वर्गबाट नामकरण गरिएका हुन्छन । बाँदरवर्ष प्रारम्भ भएकोले यस वर्ष यस वर्गकामानिसहरुलाई अनिष्ट नहोस् भनेर विशेष पूजा समेत गरिएको थियो ।

vlcsnap-2015-12-30-19h17m41s156

त्यसक्रममालामा गुरुहरुले बाँदर वर्गकाव्यक्तिहरुलाई यो वर्ष ठुल्ठूला भीरपहरा, रूख, नदीनालामानजान सुझावदिनुभएको थियो ।ल्होछार समारोहमासहभागीहुन देशकाविभिन्न स्थानका गुरुङ र गुरुङसेनीहरु विभिन्न झुण्ड झुण्ड बनाएर आएकाथिए । ल्होछार समारोहमा सहभागीबन्नपर्वतबाट आएका एक सहभागीले नयाँवर्ष प्रारम्भको खुशीयालीमाउत्सवमनाउँनआफू कार्यक्रममा सहभागीहुनआएको बताए ।
ल्होछार र गुरुङ भाषा संस्कृतिप्रतिनयाँ पुस्ता समेत उत्तिकै अपडेट रहेका छन् । टुँडीखेलमा देखिएको उनीहरुको उपस्थितिले यसलाई पुष्टि गर्दछ । नयावर्ष प्रारम्भ भएको अवसरमाबर्षभरि यस बर्गकामानिसकालागिशुभ रहोस र कुनै अशुभ घटना नघटोस भनेरशुभकामनाआदान–प्रदानगर्न आफू सहभागीहुनआएको एक गुरुङ विद्यार्थीले बताए । नेपालमा गुरुङ समुदायले हरेक वर्ष पौष १५ गतेकादिनतोलाल्होछार अर्थात तमु ल्होछार मनाउँने गरेका छन् भने तामाङ समुदायले माघ शुल्कप्रतिपदाकादिन सोनामल्होछार मनाउँदै आएका छन् । यस्तै शेर्पा र अन्यहिमाली समुदायले भने हरेक वर्ष फागुनशुक्लप्रतिपदाकादिनग्याल्बो ल्होछार मनाउँने गर्दछन् । यीतीनैवटा ल्होछारहरुलाई सरकारले राष्ट्रिय पर्वको मान्यतादिई सार्वजनिकविदा समेत दिदै आएका छन् ।

LIVE TV