
प्रधानमंत्री केपी शर्मा ओलीले कालोबजारी रोक्ने , आपूर्ति सहज बनाउने र जनजीवन सामान्य बनाउने बारे सहमति भईसकेको जानकारी दिनुभएको छ । उहाँले स्थिति सहज नबने आफु कानुन अनुसार कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिनु भएको छ । बुधवार विराटनगरमा संचारकर्मीहरुसंग प्रधानमन्त्री ओलीले हप्ता दश दिन भित्र मुलुकमा भईरहेको असामान्य स्थितिमा सुधार आउने बताउनु भयो । उहाँले नाकाबाट चाडै नै धर्ना हट्ने सुचना पाएको जानकारी समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको चाहना आम आकांक्षा अनुसार संघीयता, सीमांकन, नामांकन र संख्या निर्धारण हुने बताउनु भयो ।
एक प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल ठूलो बनाउने कुरा उदारता, फराकिलोपन र सहकार्यको उपज भएको बताउदै विरोध गर्नुको औचित्य नभएको धारणा राख्नु भयो ।