१५ पुष २०७२, बुधबार

श्वेता खड्काले चर्चित स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म तिथीको अवसर मंगलबार पारेर घर आँगन आश्रीत १५ जना बाल बालीकालाई जाडोको मौसममा न्यानो कपडा वितरण गरेकी छिन् । अभिनेत्रि खड्काले चण्डोल स्थित घर आँगन नेपालका बालबालीका लाई उक्त न्यानो कपडा वितरण गरेकी हुन् । उनले मोजा देखि लिएर टोपि सम्म पनि वितरण गरेकी थिईन् । बसन्त श्रेष्ठ समेतले पनि कपडा वितरण कार्यमा श्वेतालाई साथ दिएको थियो ।स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठले पनि जन्म दिनका दिन यसरी नै समाज सेवा गर्ने गरेकाले उनैबाट प्रबावित भएर यस समाज सेवाको कामलाई निरन्तरता दिएका पनि बताईन् । चार वषर् अघि स्थापित संस्था घर आँगन नेपाल दिपक सिलवालले आफ्नै लगानमिा चलाईरहेका छन् । घर आँगन नेपालमा अनाथ तथा अपाङ्ग बच्चाहरुलाई भरण पोषण गरीदै आएको छ । यस संस्थाको प्रमुख दिपक सिलवालले स्वेता खड्काको सहयोगले यस संस्थामा रहेका बालबालिकालाई जाडो कटाउन सहयोग पुग्ने बताएका छन् । यस संस्थाको प्रमुख सिलवालले डा। स्वामी प्रपन्नचार्य बाट प्रभावित भएर यस संस्थामा आबद्ध भएर काम गरीरहेको र राम्रो काम गरे पछि एक दिन राम्रै हुने र यस संस्थालाई कमाई खाने बाँडो नबनाउने प्रतिबद्धता पनि रहेको बताए ।यसै कार्यक्रममा श्वेताले तत्कालै चलचित्र क्षेत्रमा फर्कने योजना नरहेको पनि स्पष्ट पारिन्, तर तत्काल नभए पनि पछि गएर चलचित्र क्षेत्रलाई नै निरन्तरता दिने बताएकी छिन् । उनले अरको चलचित्रमा अभिनय गर्ने सोँच पनि नरहेको बताईन ।

(भिडियो सहित)

 

LIVE TV