१५ पुष २०७२, बुधबार

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आत्मघामती बम विस्फोट हुँदा २६ जनाको ज्यान गएको छ । मरदान शहरको मध्येभागमा रहेको एक सरकारी भवन नजिक भएको आत्मघाती आक्रमणमा अन्य ४५ जना घाइते भएका छन् । मरदानमा रहेको राष्ट्रिय डाटाबेस तथा पञ्जिकरण प्राधिकरणको कार्यालय बाहिर विस्फोट भएको हो । पास्कितानी तालिवानले विस्फोटको जिम्मा लिएको छ । गएको वर्षको डिसेम्बर १६ मा पेशसावरको एक विद्यालयमा एक सय ५० विद्यार्थी तथा शिक्षकको ज्यान जाने गरी भएको आक्रमण पछिको यो सबै भन्दा ठूलो आक्रमण हो । मोटरसाइकलमा आएका आक्रमणकारीले प्राधिकरणको कार्यालयमा छिर्ने बेलामा सुरक्षागार्डले रोकेपछि आफैलाई विस्फोट गराएका थिए । विस्फोटनमा परि ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण नागरिक रहेको सरकारी अधिकारीले बताएका छन् । प्राधिकरणमा परिचय पत्र लिनका लागि आएका नागरिकको भिड रहेका बेला विस्फोट भएको हो ।

 

The relatives of victims. 13 May 2015

 

 

People stand at the site of a suicide attack that targeted National Database and Registration Authority (Nadra) office in Mardan, Pakistan, 29 December 2015

LIVE TV