१५ पुष २०७२, बुधबार

निकै ठूलो सकसका साथ केन्द्रीय समिति बैठक समापन गर्दै गर्दा एमाओवादी अध्यक्ष प्रचण्डलाई आफ्नै विश्वासपात्रले गिज्याए ।

हुन पनि बैठकको अन्तिम दिन, सबैले बोलेपछिका अन्तिम वक्ता प्रचण्ड निकै ठूला योजना कोर्दै थिए । प्रचण्ड पार्टीलाई सबैभन्दा ठूलो बनाएरै छाड्ने प्रतिबद्धता पेश गर्दै थिए । उनले देख्ने गरी एक नेताचाहिँ हात बनाउँदै ‘बन्दैन, हुँदैन’ भन्ने भावमा प्रतिक्रिया जनाइरहेका थिए । त्यसैबेला त प्रचण्डले केही भनेनन् तर भोलिपल्टै पेरिसडाँडाका कार्यालय सचिव हितराज पाण्डे त्यहाँबाट निकालिए । किनभने गोर्खाका हितराज पक्षकाले नै ले नै प्रचण्डलाई च्यालेन्ज गर्दै उनको योजनाको खिल्ली उडाएका हुन् । हितराज प्रचण्डको खास मान्छेका रुपमा चिनिन्छन् । पहिले बाबुराम निटक थिए तर प्रचण्डको विश्वासमा पेरिसडाँडाको हर्ताकर्ता भए । त्यहाँ आएका पत्रिकासमेत घर लगेर राख्थे । हरेक कुरामा रिसाउने, कार्यकर्तालाई कस्ने, चीनले दिएको सयवटा कम्प्युटर कुहाउने, भूकम्पमा राहतको लागी आएको पाल सडाउने, संसद्मा बढी समय बिताउने गरेको उजुरी प्रचण्डसमक्ष पटक पटक नपुगेको होइन तर आफ्नो मान्छे भनेर लाजिम्पाटले सधैं च्यापिरह्यो । पार्टी केन्द्रीय कार्यालयका धेरै कर्मचारी मानिसकरुपमा प्रताडित रहे पनि प्रचण्डले देखेको नदेखेझैं गरिरहेका थिए । तर, औपचारिक बैठकको समापनजस्तो अति महत्वपूर्ण समारोह र यसबीच उठेका समग्र प्रश्नको जवाफ दिने क्रममै अहिलेसम्म कसैले दिन नसकेको चुनौती हितराले दिएपछि प्रचण्डको पारो नतात्ने कुरै भएन । पाण्डे त हटाइए तर उनको ठाउँमा कसलाई राख्ने भन्ने अर्को संघर्ष प्रचण्ड र नारायणकाजीबीच चल्न थाल्यो ।

प्रचण्डले जोखबहादुर महरालाई जिम्मेवारी दिन चाहेका थिए तर उनलाई आफ्नो स्वकीय सचिवालयमा रिक्त चुडामणि खड्का गोर्खा पठाउने तयारी को ठाउँमा नियुक्त गरपछि पहिले बाबुरामको पक्षमा लागेका सांसद डोरप्रसाद उपाध्याय निर्मलकुमार लाई हितराजको ठाउँमा बढुवा दिई नारायणकाजी निकट प्रकाश पोखरेललाई कार्यालय सचिव र प्रेस सचिव शिव खकुरेललाई हटाएर सूर्यकिरण शर्मालाई लाजिम्पाट लगिएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

LIVE TV