१५ पुष २०७२, बुधबार

 

sima

झापा । झापा र विहारको किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन् ।

नेपाल र भारत संयुक्त स्मिा टोलीले गरेको दुई साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ हराएको भेटिएको नयाँ पत्रिकामा खबर छ ।

टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको १०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो । यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ हराएका, भाँचिएका र दविएको पाइएको नपी विभागका प्रमुख अधिकृत सुशील डंगोलले बताए ।

 

LIVE TV