१५ पुष २०७२, बुधबार

अर्थ मन्त्रालयले भूकम्पवाट ध्वस्त भौतिक संरचना पुनर्निर्माण गर्न विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग ९० अर्ब रुपैयाँभन्दा बढी रकमको सम्झौता गरिसकेको छ ।

 

सरकारले यही पैसा गाउँसम्म पुर्‍याउन नसक्दा चिसोका कारण दैनिकजसो भूकम्पपीडितले जीवन गुमाइरहेका छन् । नागरिक दैनिकमा समाचार छ ।

 

अहिलेसम्म दुई दर्जनभन्दा बढी भूकम्पपीडितको अस्थायी टहरामा ठिही सहनै नसकेर मृत्यु भइसकेको छ । यस्तो हुनुमा प्रमुख राजनीतिक दलको बेइमानी र सरकारी ढिलासुस्ती नै कारक देखिन्छ ।

 

‘चालू आर्थिक वर्षमा विभिन्न मित्र राष्ट्र र दातृ निकायसँग पुनर्निर्माणका लागि ९० अर्ब रुपैयाँभन्दा बढी रकम सम्झौता भइसकेको छ, अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधु मरासिनीले भने,‘मन्त्रलय अरुसँग पनि सम्झौता गर्ने तयारीमा छ ।’

अहिलेसम्म सम्झौता भएको ९० अर्ब भन्दा बढी रकम सरकारले तत्काल खर्च गर्न सक्ने जानकारी दिँदै मरासिनीले पुनर्निर्माणका लागि रकम अभाव नरहेको प्रस्ट पारे ।

 

LIVE TV