१५ पुष २०७२, बुधबार

गृह मन्त्रालयअन्तर्गतका तीनवटै सुरक्षा निकायको नेतृत्वमा गुटबन्दी र टकराव बढ्दा शान्तिसुरक्षामै असर देखिन थालेको छ । आइजिपीको आदेश मातहतका प्रहरीले नमान्ने र आइजिपीले पनि सबैलाई समेटेर लैजान नसक्दा सुरक्षा निकायमा समस्या बढ्दै गएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तीन निकायको नेतृत्वमा असमझादारी देखिएको छ । जुन समस्याले अप्रत्यक्ष रुपमा देशको सुरक्षा अवस्थामै असर पुर्‍याएको छ ।

 

नेपाल प्रहरीमा संगठनको आइजिपीविरुद्ध बोलेकोमा तीन साताअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआईजी राजेन्द्रसिंह भण्डारीलाई स्पष्टिकरण सोधेका थिए । एकेडेमीमा कार्यरत रहँदा भण्डारीले सञ्चारमाध्यममा आइजीपीविरुद्ध बोलेको भन्दै कारबाहीको चेतावनीसहित स्पष्टिकरण सोधिएको थियो

। जसमा एआईजी भण्डारीले आफूले आइजिपीविरुद्ध नबोलेको लिखित प्रष्टिकरण दिइसकेका छन् ।

 

अर्का एअाइजी सुरेन्द्रबहादुर शाहसँग पनि अाइजिपीको सम्बन्ध राम्रो छैन । एअाइजीहरुको खुट्टा तान्ने प्रवृति र असहयोगका कारण अाइजिपी अर्याल दिक्क भइसकेका छन् ।

 

LIVE TV