१५ पुष २०७२, बुधबार

नायिका विनिता बरालले अभिनय गरेको चलचित्र सुपरहिटको ‘तस्करीमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । माघ २२ देखि प्रदर्शन आउन लागेको यो चलचित्र निर्माणको करिब २ बर्षपछि प्रदर्शन हुन लागेको हो । यो चलचित्रमा विनिता बराल, दिव्य देव, शिशिर राना, मञ्जु श्रेष्ठको मुख्य भूमिका छ ।

साथमा नयाँ कलाकार सुदाम सीके र महेश त्रिपाठीको पनि अभिनय देख्न सकिन्छ । सुरेश राइको संगीत रहेको यो चलचित्रमा निरञ्जन पाण्डे, सौरभ ढकाल र विनिता बरालको कथा, पटकथा तथा संवाद छ । निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा चलचित्रको निर्देशन गरेका हुन् ।

LIVE TV