१५ पुष २०७२, बुधबार

जाजरकोट । महिनावारी भएपछि विद्यालय नआउने जाजरकोट भुरस्थित दीपेन्द्र उच्च माविका छात्रा अचेल नियमित आउन थालेका छन् । विद्यालयका छात्राहरुको लागि महिनावारी हुँदा प्याड चेन्ज र आरामका लागि छुट्टै सुविधासम्पन्न घरको व्यवस्था गरिएपछि छात्रा नियमित विद्यालय आउन थालेका हुन् ।

सो विद्यालयको बाल क्लबको अगुवाइमा गाविसको लक्षित बर्गको बजेट अन्तर्गत दुई लाख रुपैयाँबाट एक कोठे पक्की आराम भवन बनाइएको हो ।

सो भवनको सदुपयोगका लागि बहुआयामिक विकास अध्ययन मञ्च मार्फत छात्रवृत्ति तथा प्याडको व्यवस्था गरिएको वातावरणीय कृषि तथा विकास केन्द्र केडका कार्यक्रम अधिकृत रामविक्रम शाहले बताएको राजधानीमा खबर छ ।

 

LIVE TV