१५ पुष २०७२, बुधबार

सिंहदरबारस्थित वाणिज्य मन्त्रालयको गेटमा आइतबारै फूलले घडा सजाइयो, नवनियुक्त मन्त्रीलाई स्वागत गर्न। शुक्रबार फुटाएर बनाइएको नयाँ मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका दीपक बोहरा तीन दिनसम्म मन्त्रालय आएनन्।

chair

मन्त्रालयको गेटका घडामा राखिएका फूल त्यसै ओइलाए ।

कारण थियो– फुटाएर बनाइएको नयाँ मन्त्रालयमा उनलाई बस्ने कुर्सीधरी थिएन । अन्य भौतिक संरचना, कर्मचारी व्यवस्थालगायत तयारी गर्नै तीन दिन लाग्यो । मन्त्री बोहराले मंगलबार बल्ल पदबहाली गरे ।

त्यसो त उनको नियुक्ति नै नाटकीय ढंगले भएको थियो वाणिज्य मन्त्रालयमा । बिहीबार मात्र बोहराले श्रम तथा रोजगार मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदबहाली भएको थिएन । शुक्रबारै प्रधानमन्त्री केपी शर्मा ओलीले वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याएर भागबन्डा मिलाए । उनलाई वाणिज्यको पनि जिम्मा आइप¥यो ।

प्रधानमन्त्री ओलीले साना दलका नेतालाई भाग मिलाउन मन्त्रालय फुटाउँदा मन्त्रालय व्यवस्थापनको भार थपिएको छ । मन्त्रालय फुटाइएको पाँच दिनसम्म पुरानै संरचनामा काम भइरहेको छ ।

कर्मचारी मात्र होइन, कामका लागि मन्त्रालय पुगेका सेवाग्राहीसमेत अलमलमा परिरहेका छन् । थपिएका मन्त्रालयको सांगठिनक संरचना, दरबन्दी, भौतिक व्यवस्थापनजस्ता विषय मिलाउन अझै केही समय लाग्ने देखिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई २०६५ सालमा टुक्र्याएर उद्योगलाई छुट्टै मन्त्रालय बनाइएको थियो । त्यति बेला पनि कुनै सैद्धान्तिक आधारमा होइन, भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाइएको थियो । शुक्रबार प्रधानमन्त्री ओलीलाई पनि आपत प¥यो, सत्ता टिकाउन साथीभाइ मिलाउनै प¥यो । पूर्वसहमतिअनुसार उनले वाणिज्य र आपूर्ति मन्त्रालय टुक्र्याएर दुई जनालाई भाग लगाइदिए ।

मन्त्रालय त फुटाइयो, भवन फुटाउन मिलेन । एउटै भवनले अहिले उद्योग, वाणिज्य र आपूर्ति तीन मन्त्रालय धानिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

LIVE TV