१४ पुष २०७२, मंगलवार

यही पुस २३ देखि २७ गतेसम्म राजधानीको भुकृटीमण्डपमा अन्तर्रािष्ट्रय एक्स्पो हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन र अन्तर्रािष्ट्रय बजार विस्तारका लागि नेपाल चेम्बर अफ कमर्शले ‘नेपाल चेम्बर एक्स्पोको आयोजना गर्न लागेको हो । मगलवार नेपाल चेम्बर अफ कमर्शले पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी दिएको दिदै मेला स्वदेशी बस्तुको प्रर्वद्धन र बजार बिस्तारको लागि उपयोगी हुने जनाएको छ । चेम्वरका अनुसार मेलामा ३ सय ७५ वटा स्टल रहने छ । जसमा दक्षिण कोरियाका ४०, पाकिस्तानका १०, चीनको १०, बंगलादेशको १० र भियतनाम लगायतका मुलुकहरुको स्टल रहने बताइएको छ । मेलामा स्वदेशी वस्तुको छुट्टै ‘मेड इन नेपाल’ स्टल समेत रहने चेम्वरले बताएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तुको प्रवद्र्धन र अन्तर्रा्ष्ट्रिय स्तरमा नेपाली बस्तुको बजार बिस्तार गर्न मेला आयोजना गरिएको बताउनु भयो ।
मेलामा गलैंचा, अलैची र कफीको ट्रेडमार्क समेत दर्ता प्रक्रियामा रहेको आयोजकले जनाएको छ । केन्द्रले स्वदेशमा हुने मेला महोत्सव र अन्तर्रा्ष्ट्रिय स्तरमा हुने मेलामा सहभागिताको लागि सहयोग गर्ने भएकोा छ । एक्स्पोमा इलेक्ट्रिक सामान, मोवाइल, तयारी पोशाक, गाडी , खाद्यान्न र जुत्ताचप्पल रहने आयोजकले जनाएको छ । एक्स्पोमा दक्षिण कोरियाका दुई वटा सांस्कृतिक कार्यक्रम, कोरियन फुडको स्टलको साथै कोरियाली सामाग्रीको विशेष प्रर्दशनी हुने चेम्वरले जनाएको छ ।

nepal chember

LIVE TV