१४ पुष २०७२, मंगलवार

भूकम्पपछि घरवास गुमाएका भूकम्प पीडितहरुलाई अहिले आफ्ना स साना बालबालिकाहरुलाई बचाउँनै मुस्किल परेको छ । बढ्दो चिसोका कारण बालबालिकाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन थालेपछि पीडितहरुको पीडामाथि झनै पीडा थपिएको छ ।

 

 

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा अहिले भूकम्प पीडित बालबालिकाको चाप बढ्दो छ । बढ्दो चिसोका कारण भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक,दोलखा नुवाकोट र धादिङबाट आउने बिरामीको संख्या अत्याधिक रहेको अस्पतालले जनाएको छ । तर सरकारले आफुहरुलार्इ कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । सोमवार र मंगलवार मात्र कान्ति बाल अस्पतालमा आउने बिरामीको संख्या ७३७ पुगेको छ । अधिकांश बिरामीहरु भूकम्प प्रभावित क्षेत्रका रहेका छन् । चिसोको कारणले भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया, रुघाखोकी र भाइरल इन्फेक्सन जस्ता बिभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ । भूकम्प पीडितहरुको नाममा सहयोग भन्दै हल्ला गरेपनि आफूहरुले भने कुनै सहयोग नपाएको एक अभिभावकले गुनासो गरे ।
भूकम्पमा घर भत्किएपछि त्रिपालमा जेनतेन बस्दै आएका पीडितहरुलाई अहिले मध्य पुषको चिसोले सताएको छ । स्थिति कतिसम्म भयावाहपूर्ण बनेको छ भने चिसोकै कारण भूकम्प प्रभावित जिल्ला दोलखामा मात्र यो दुई हप्ताकोबीचमा १३ जनाको मृत्यु भैसकेको छ । राहत र पुननिर्माणको आशामा त्रिपालमा बस्दै आएका उनीहरुसंग चिसोबाट बच्न न न्यानो लुगा नै छ न त ओड्ने र ओछ्याउँने नै । छ त केवल सरकार र दाताहरुले बाँड्दै आएका आश्वासन । बाइट
आफुहरुको नाममा विभिन्न सघसंस्थाले सहयोगको नारा लगाएको तर चिसोले यसरी बिरामी पर्दा पनि कसैको सहयोग नपाएको भन्दै सिन्धुपाल्चोकदेखि १६ दिनको नवजात शिशु बोकेर काठमाडौं आएकी एकजना पीडित महिलाले न्यूज २४ सँग गुनासो पोखिन् ।
कान्ति बाल अस्पतालमा मात्र अहिले सयौं भूकम्प प्रभावित क्षेत्रका बालबालिका जीवन र मरणसंग जुधिरहेका छन् । यस्तै स्थिति अन्य अस्पतालहरुमा पनि छन् । तर नगरिकको स्वास्थ्यमा समान पहँुच भन्ने नारा घन्काइरहेको सरकारको कानसम्म चिसोका कारण विरामी भएका भूकम्प पीडित यी बालबालिकाहरुको क्रन्दन खै कहिले पुग्ला !

LIVE TV