१४ पुष २०७२, मंगलवार

विनासकारी भूकम्पबाट घरबारविहीन भई अस्थाई टहरामा बस्दै आएका मध्ये १३ जना भुकम्प पीडितहरुको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको छ । भुकम्पबाट घरमा भएको लत्ताकपडा सबै पुरिएको र सरकारले न्यानो कपडाको लागि पठाएको १० हजार समेत रकम नपाए पछि चिसोले कठयाङ्ग्रिएर एक साता १३ जनाको मृत्यु भएको हो । चिसो बढेर माइनस ३ डिग्रीसम्म पुगेपछि तुषारो समेत जम्न थालेर जिउँदा पीडितहरु चिसोमा काम्दै रात कटाउन बाध्य छन् । चिसोका कारण मृत्यु हुनेहरुमा दोलखाको दक्षिणी डाँडाखर्क–८ का ९५ बर्षिय धनराज तामाङ, झुले–७ का ८६ बर्षिय लालबहादुर कार्की, झुले–४ का ८३ बर्षिय जानुका कार्की, गैरीमुदी गाविसका ६८ बर्षिय लालबहादुर तामाङ र जफे–१ का ७९ बर्षिय भद्रकुमारी पोखरेल, बुलुङ–८ का ६६ बर्षिय भक्तबहादुर मगर र मेलुङ–८ का ७० बर्षिय जीतबहादुर श्रेष्ठ, मेलुङ ८ कै ६६ बर्षिय बिष्णुकुमारी श्रेष्ठ छन् । यसैगरी कालिन्चोक – १का ६६ बर्षिय सानुमाया थामी, लापिलाङ – ३ का ७३ बर्षिय गम्बिर थामी, पवटी –५का ५८ बर्षिय बमबहादुर तमाङ, शैलुङ्गेश्वर –५ का ८२ देबकुमारी कार्की, चंखु –७का ५५बर्षिय मिठु तमाङको पनि चीसोका कारण मृत्यु भएको स्थानियले बताएका छन् । चिसोले श्वासप्रश्वासमा चरम समस्या भएका कारणले भूकम्पपीडितको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले बृद्धबृद्धाको उमेर बढेसँगै मृत्युको कारण नै चिसो भएको बताउनुभयो । उहाँले चिसोका कारण बृद्धबृद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना भएको जनाउँदै सार्वजनिक सूचना जारी गरी चिसोबाट बच्न र बचाउनको लागि परिवारलाई अपिल गरेको जानकारी दिनुभयो ।
भुकम्प पछि जिल्लामा धेरै सघंसस्थाहरुले न्यानो कपडा वितरण गरेको भनिए पनि गाउँघरमा प्रभावकारी हुन सकेको छैन । सरकारले न्यानो कपडा खरिद गर्न भन्दै १० हजार रुपैया दिने भनिएपनि पुरा रकम नआउदा सवै गाविसमा वितरण गर्न कठिनाई उत्पन्न भइरहेको जनाइएको छ । न्यानो कपडाको लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको भए पनि जिल्लामा ८५ हजार भुकम्प पीडित परिचयपत्र वितरण भए पछि जिविस दोलखाले गृह मन्त्रालयलाई थप ३५ करोड माग गरेको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

vlcsnap-2015-12-29-20h47m15s107

 

LIVE TV