१४ पुष २०७२, मंगलवार

बिगत १७ महिनादेखि त्रिपालमा बस्दै आएका बर्दियाका बाढी पीडितहरु अझै पनि पुर्नस्थापनाको पर्खाइमा छन् । सरकारले उनीहरुलाई घर फर्काउँन नसकेपछि अहिले पनि उनिहरु गुलरिया नगरपालिका वडा नं.५ मा पर्ने जय दुर्गा भवानी क्लवको खेल मैदानमा बस्दै आएका छन् । २०७१ साल साउन २९ र ३० गते बर्दिया जिल्लाको दोश्रो ठूलो नदी बबई नदीमा आएको बाढीबट गुलरिया नगरपालिका वडा नं.५ टप्पर गाउँका ४० घर परिवारको त्रिपालको बास भएको थियो । आफनो घरखेत नै नदीले बगाइदिएपछि अहिले उनीहरु हारगुहार गरिरहेका छन् । अहिलेसम्म सरकारी तथा गैर सरकारी सस्थाहरुको सहयोगमा जेनतेन त्रिपालमा जीविकोपार्जन गर्दै आए पनि अहिले सम्म जमिनको ब्यवस्था हुन नसक्दा उनीहरु खुल्ला खेल मैदानमा बस्न बाध्य भएका हुन् । तर ती बाढी पीडितहरुका लागि १७ महिना पछि भएपनि जिल्लामा रहेको महिला तथा बालबालिकको कार्यालयले आय आर्जनको काम शुरु गरेको छ । ढिलै भए पनि बाख्रा पालन कार्यक्रम शुरु गरेपछि बाढी पीडितहरुले थोरै भए पनि राहतको महसूस गरेका छन् ।

दुई दिनसम्म सञ्चालन गरिएको तालिम पश्चात बाख्रा खरिदका लागि प्रतिपरिवार ३५ सय रुपैयाका दरले रकम उपलब्ध गराएपछि स्थानिय बासिन्दामा खुशीयाली छाएको छ । तर आफनो जमिनमा घर नभएका कारण कसरी बाख्रा पालन गर्ने भन्नेमा उनीहरु दोधारमा परेका छन । बाख्रा पालनका लागि अहिले महिला तथा बालबालिका कार्यालय बर्दियाले रामपुर टापुका स्थानिय महिलाहरुलाई प्रति परिवार ३५ सय रुपैयाँ उपलब्ध गराएको हो । बाढी पीडितहरुको आर्थिक स्थिति सुधार होस भनेर बाख्रा पालन कार्यक्रम शुरु गरिउको महिला तथा बालकालिका कार्यालय बर्दियाको महिला बिकास अधिकृत गिरा बस्नेतले जानकारी दिनुभयो । बाढी पीडितहरुलाई सरकारले बिर्सिएको आरोप लागिरहेको बेला बर्दियाका बाढी पीडित महिलाहरुलाई आत्मनिर्भर बनाउँने उदेश्यले शुरु गरिएको बाख्रापालन कार्यक्रमले थारै भए पनि पीडितहरुलाई राहत दिएको पीडितहरुको कथन छ ।

flood victim

LIVE TV