१४ पुष २०७२, मंगलवार

कार्यक्षेत्रलाई लिएर तित्ततापूर्ण सम्बन्धमा रहेको भनिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच धमिलिएको सम्बन्ध सङ्लिँदै गएको छ । कोषराज वन्त भ्रष्टचारको अभियोगमा महानिरीक्षबाट निलम्बित भएपछि नेतृत्व सम्हालेका दुर्जकुमार राईलाई भेट्न प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल नेतृत्व पङ्ति सहित शसस्त्र मुख्यालय पुगेपछि सम्वन्ध संग्लिएको देखिएको हो । सशस्त्र मुख्यालय पुगेका प्रहरी महानिरीक्षक अर्यालले अब दुबै सँगठनबीचको सम्बन्ध सौहार्द हुने अपेक्षा व्यक्त गर्नुभयो । भेटमा सशस्त्रका प्रमुख राईले शान्तिसुरक्षा कायम गरी राष्ट्र निर्माणमा दुवै संगठनबीच सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्षेत्र विवाद बढ्दा शान्तिसुरक्षामा परिचालन हुने गृह मन्त्रालय मातहतका यी दुवै संगठनको सम्बन्ध एक वर्षदेखि तल्लो तहसम्म बिग्रिएको थियो । दुवै संगठनका प्रमुखबीच औपचारिक–अनौपचारिक दुवै सम्बन्ध चिसिएको थियो । नयाँ सशस्त्र प्रहरी नियमावलीमा अपराधमा संलग्न देखिएकालाई पक्रने र पुर्जीसमेत जारी गर्ने अधिकार सशस्त्रलाई दिने गृहको तयारी र सशस्त्रको लबिङपछि दुवै संगठनबीच चिसोपना बढ्दै गएर कैलालीको टिकापुरमा प्रदर्शनकारी नियन्त्रणका क्रममा भएको त्रुटिपछि चिसोपना दुवै संगठनका तल्लो तहसम्म पुगेको थियो ।
दुबै संगठन प्रमुखबीच विगतलाई बिर्सदै समन्वय र सहकार्य गर्दै अघि बढ्ने समझदारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रमुख कोषराज वन्तलाई मंसिर ३ मा निलम्बन गरेपछि राई प्रमुखमा नियुक्त भएका थिए । गृह मन्त्रालयले अगाडि बढाएको क्षेत्रीय सुरक्षा सम्मेलनमा सहभागी हुँदा संगठनको सम्बन्ध सुधार्न दुवै संगठनका प्रमुखबीच पटकपटक अनौपचारिक संवाद भएका थिए ।

nepal police and apf

LIVE TV