१४ पुष २०७२, मंगलवार

अँग्रेजी नयाँ बर्ष २०१६ लाई लक्षित गरी पूर्वाञ्चलको भेडेटारमा चौथो फुड फेष्टिवलको आयोजना गरिने भएको छ । फेष्टिबलको सम्पूर्ण तयारी समेत भएको आयोजक होटल एशोसियशन भेडेटारले जनाएको छ । फेष्टिबल आयोजनाको तयारीबारे जानकारी दिन आयोजक होटल एशोसियशन मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सुनसरी र धनकुटाको वीचमा रहेको रमणीय पर्यटकीय स्थल भेडेटारमा आउदो पुस १६ देखि १८ गते सम्म फेष्टिवलको आयोजना गर्न लागिएको होटल एशोसियशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताउँनुभयो । उहाँले फेष्टिबल अवधिभर २० लाख वराबराको कारोबार हुने तथा १० हजार पर्यटकले अवलोकल गर्ने अपेक्षा गरिएको बताउँनुभयो ।
विभिन्न ४९ स्टल रहने फेष्टिवलमा विभिन्न जातिय परिकारको स्वाद संगै लिन सकिने बताइएको छ । फेष्टिवलमा पर्यटकहरुका लागि धनकसटाको राजारानी, नाम्चे, नमस्ते झरना घुमाउने, होम स्टेमा खाना बस्ने सुविधा सहितको प्याकेजको समेत व्यबस्था मिलाईएको होटल एशोसियशन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले बताउँनुभयो । कार्यक्रममा विभिन्न कलाकारहरुको सांस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत रहनेछन् । यस्तै पर्यटकहरुलाई लक्षित गरी प्रत्येक दिन मगरहरुको हुर्रा नाच प्रस्तुत गर्ने तयारी समेत भएको आयोजकले बताए । फेष्टिबल अवधिभर भेडेटारमा रहेको होटल तथा लजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फेष्टिबलको उद्घाटन भुमिसुधार मन्त्री रामकुमार सुब्बाले गर्नुहुने कार्यक्रम छ ।

vlcsnap-2015-12-29-19h27m28s113

LIVE TV