१४ पुष २०७२, मंगलवार

उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले नाकामा धर्ना बसेर र बन्द हडताल गरेर कुनै उपलब्धि हासिल नहुने बताउनुभएको छ । उहाँले वार्ता र सम्वादबाटै निकास निकाल्नुपर्ने पनि बताउनुभयो । विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै उपप्रधानमंत्री गच्छेदारले मधेसी दलका नेताहरुलाई मुलुकको वर्तमान अवस्थालाई ध्यान दिएर वस्तुपरक र व्यवहारिक हुन आग्रह गर्नुभयो । उहाँले अब नयाँ संविधान नलेखिने र यही संविधानलाई संशोधन गरेर सबैको संविधान बनाउन सकिने बताउनुभयो । उहाँले तीन महिना भित्र राजनीतिक समिति मार्फत सीमांकनको विषयलाई टुङ्गोमा पु¥याउने बताउनुभयो । उपप्रधानमन्त्री गच्छेदारले मधेसमा तीन प्रदेश सहित मुलुकमा आठ प्रदेशले मात्र संघियता र सीमांकनको विवाद टुंगिने दावी पनि गर्नुभयो ।
vlcsnap-2015-12-29-19h00m08s100

LIVE TV