१४ पुष २०७२, मंगलवार

मंगलवार शेयर बजार दोहोरो अकंले बढेको छ । मंगलवार नेप्से १० दशमलव २२ अकंले बढेर १ हजार १ सय ४२ दशमलव १७ अंले बढेको नेपाल स्टक एक्चेसजले जनाएको छ । प्राइम कमर्सियल बैंकको नौं करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको ६ करोड ६२ लाखको संस्थापक र दुई करोड ७५ लाखको साधारण सेयर किनबेच भएको हो ।बैंकको संस्थापक सेयर १५ रुपैयाँ घटेर दुई लाख ३५ हजार ८९९ कित्ता कारोबार भएको छ भने साधारण सेयर बढेर ४५ हजार ९२८ कित्ता किनबेच भएको छ । सेयर बजारलाई मंगलबार लघुवित्त विकास बैंकहरुले वढाइरहेका बेला लाभांसकै कारण साधारण सभा स्थगित भएपछि स्टान्डर्ड चार्टर्ड बैंक नेपालका लगानीकर्ता उत्साहित देखिएका छन् । बैंकले १५ प्रतिशत वोनस सेयर २७ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले नगदलाई निरुत्साहित गर्ने नीति लिएकाले चार्टर्डले साधारणसभा गर्ने स्वीकृति नपाएको समाचार सार्वजनिक भएपछि वोनस सेयरको मात्रा वढ्न सक्ने आशमा सेयर मूल्य ५.६९ प्रतिशतले उक्लिएको छ । लघुवित्त कम्पनी र चार्टर्डका कारण नेप्सेको बृद्धिमा वल पुगेको थियो बैंकिङ ११.९४, विकास बैंक १५.९६ र बिमा ७५.३ अंकले बढेका छन् । होटल ५७ अंकले घटेको छ । दिनभरीमा ४९ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा प्राइम बैंकपछि सबैभन्दा वढी कारोबार नेशनल लाइफको तीन करोड ३६ लाख, सांग्रिला डेभलपमेन्ट संस्थापक दुई करोड २४ लाख, एनआइसी एसिया दुई करोड २० लाख रुपैयाँको कारोबार भएको छ । साङग्रिला सबैभन्दा धेरै कित्ता कारोबार हुने सुचीमा दोस्रो स्थानमा छ । कम्पनीको एक लाख १२ हजार ३२० कित्ता सेयर किनबेच भएको छ । बजारमा मर्जरको हल्लाका कारण प्राइम बैंक र साङ्ग्रिलाको कारोबारमा बृद्धि भएको हो ।

LIVE TV